दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो

द एभरेष्ट पोष्ट
२ असार २०८२ १६:३४
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । विद्युतीय अपराध ऐन विपरितको कसुरमा पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सुनुवाइ सकिएको छ ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

त्यसविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सुनुवाइ सकिएको छ ।

आदेश आउन बाँकी रहेको अदालतका एक अधिकारीले बताए । निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ । समाचारको विषयमा निरुपण गर्न प्रेस काउन्सिलसहितका निकाय भए बदनियतपूर्वक विद्युतीय कसुरमा मुद्दा चलाइएको जिकिर निवेदनमा छ ।

पक्राउ पूर्जी जारी भएयता प्रहरीले पाठकको खोजीलाई व्यापक बनाएको छ । यद्यपि, उनी सम्पर्कविहीन छन् । पक्राउ पूर्जीविरुद्ध सम्पादकहरुले समेत विरोध जनाउँदै शनिबार विज्ञप्ति जारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस