अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु

एजेन्सी । अमेरिकाको युटा राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा ४१ वर्षीया महिला र १८ वर्षीय पुरुष र ८ महिनाको बच्चासमेत रहेका समाचारहरूमा जनाइएको छ ।
राज्यको वेस्ट भ्याली सिटीमा आयोजित मेला वेस्टफेस्टका क्रममा गोलीबारी भएको रोयटर्सले जनाएको छ । घटनामा दुई किशोर पनि घाइते भएका छन् । घाइते किशोरहरू १७ र १५ वर्षका छन् । घाइते भएका किशोरहरूको हातमा गोली लागेको छ ।
घटना आइतबार राति स्थानीय समयअनुसार ९ः२० बजे भएको बताइएको छ ।
वेस्ट भ्याली सिटी प्रहरीका अनुसार राति ९ः२० बजे दुई समूहबिच झगडा भएको थियो । प्रहरी हस्तक्षेप गर्न आइपुग्दा एक किशोरले पेस्तोल निकालेर गोली चलाएका थिए । जवाफमा एक प्रहरीले पनि गोली चलाएका थिए । तर प्रहरीको गोली ती किशोरलाई लागेन । र पछि अभियुक्तलाई हिरासतमा प्रहरीले हिरासतमा लिएको थियो ।
यी किशोरीहरू को हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका प्रत्यक्षदर्शीलाई अगाडि आउन र घटनाको विवरण दिन प्रहरीले अनुरोध गरेको छ ।