इरान र इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
करिब ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरू इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गरे । उनले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि कूटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गरे ।
सचिव पौडेलले भने ‘इजरायल र इरानबिच भीषण लडाइँ भइरहेको छ । ७ हजार भन्दा बढी नेपालीहरू इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपालीहरू रहेका छन् । उहाँहरूको सुरक्षाको निम्ति नेपाल सरकारले के पहल भइरहेको छ रु उहाँहरूको सुरक्षाका लागि कूटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस् ।’
बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गरे ।