प्रसिद्ध गायक हिरण्य भोजपुरेको ‘आङ शेर्पा’उपन्यास विमोचन

द एभरेष्ट पोष्ट
१ असार २०८२ १:२७
प्रसिद्ध गायक हिरण्य भोजपुरेको ‘आङ शेर्पा’उपन्यास विमोचन

कोलोराडो, १४ जुन ।
प्रसिद्ध संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेको अंग्रेजीमा अनुवादित उपन्यास ‘आङ शेर्पा एण्ड ओसन अफ द हाईट्स’ को शनिवार अमेरिकाको कोलोराडो राज्यको गोल्डन शहरमा विमोचन गरिएको छ ।

‘आङ शेर्पा एण्ड ओसन अफ द हाईट्स’  उपन्यासकार भोजपुरेको  ‘सगरमाथाभन्दा माथि’ को अनुवादित उपन्यास हो ।

अंग्रेजीमा ‘आङ शेर्पा एण्ड ओसन अफ द हाईट्स’ नाम दिईएको हिरण्य भोजपुरेको उपन्यासको उनकी पत्नी गायिक तथा लोक सेवा आयोगकी पूर्व सदस्य उर्मिला श्रेष्ठ, नातिनी यहावी भोजपुरे, नाती प्रवर राजा मोक्तान, प्रहर राजा मोक्तान, पासाङ माया शेर्पा, कर्मा शेर्पा र  हिमाली कवि आरडी युयुत्सु शर्माले संयुक्त रुपमा विमोचन गरे ।

दिल्लीको निराला पब्लिकेशन्सले प्रकाशन गरेको उपन्यासको अनुवाद भुवन थपलियाले अनुवाद गरेका हुन् । अनुवादित उपन्यासको सम्पादन हिमाली कवि शर्माले गरेका हुन् ।

संगीतकार तथा गायक गणेश रसिकको १३ औं पुण्य तिथिका अवसरमा आयोजित विमोचन कार्यक्रममा बोल्दै उपन्यासकार भोजपुरेले सगरमाथाको फेदमा रहेको पाङबोचे गाउँमा जन्मिएको आङ छोतरे शेर्पा उपन्यासको नायक भएको बताए ।

जीवनमा लुक्ला नटेकेका भोजपुरेले उपन्यासमा शेर्पाहरुको जीवन, संघर्ष, अनुभव र अनुभूतिसंगै लुक्ला, सगरमाथाको बेस क्याम्प, साउथ कोल, र चुचुरोको समेत बयान गरेका छन् ।

उनले उपन्यासको नायकलाई १० पटकसम्म सगरमाथा आरोहण गराएका छन् । साउथ कोलमा घटेको एउटा घट्नापछि सगरमाथा चढ्न रोक लगाईएका आङको अष्टे«लिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर सगरमाथा विना बाँचेको जीवनका बारेमा मिठो तरिकाले बर्णन गरेका छन् ।

कार्यक्रममा बोल्दै समीक्षक युयुत्सु शर्माले भोजपुरको अंग्रेजीमा उपन्यास ‘आङ शेर्पा एण्ड ओसन अफ द हाईट्स’ ले सगरमाथा र आरोहीहरुको कथालाई साहित्य मार्फत संसारभरी फैलाउने काम गरेको बताए ।

कार्यक्रममा उपन्यासकार भोजपुरेले गणेश रसिकको मृत्युले नेपालको गायन तथा सांगीतिक क्षेत्रमा अपुरणीय क्षति भएको र आफूले एक प्रिय मित्र गुमाएको बताए ।

साहित्यकार भोजपुरेले अंग्रेजी भाषामा उपन्यास गरेकोमा निराला प्रकाशन तथा साहित्यकार भोजपुरेले अंग्रेजी भाषामा उपन्यास गरेकोमा निराला प्रकाशन तथा निराला प्रकाशनका नेपालस्थित सम्पादक हिमाली कवि आरडी युयुत्सु शर्माप्रति आभार व्यक्त गरे ।

राजदूत केवल एक देशका लागि काम गर्ने बताएका भोजपुरेले हृदयमा नेपाल बोकेर विदेश यात्रामा निस्किने हिमाली कवि युयुत्सु नेपाली साहित्यका लागि संसारकै राजदूत भएको बताए ।

कार्यक्रममा गायिका तथा हिरण्य भोजपुरेकी पत्नी उर्मिला श्रेष्ठले स्वर्गीय संगीतकार, गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत, संगीत र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिन् ।

उनले भोजपुरको बिकट गाउँबाट आफ्नै बलबुता र मिहिनेतमा नेपाली गीत,संंगीत र गायनका क्षेत्रमा गणेश रसिक स्थापित भएको बताईन् ।

उपन्यासको कभर पृष्ठमा तस्वीर रहेका कर्मा शेर्पाले विमोचन समारोहमा गायक भोजपुरेको चर्चित गीत रातो भाले गाएका थिए ।

मलाई प्यारो लाग्छ, लहरा,पहरा छहराको देश, आज मेरो मान्छे कुन बतासमा सास फेर्दै होला, हाम्रो घरभन्दा ट्याम्के धारा, आँखा अगाडि उभिएको देखिन्छ, म सानो, घाम जुन जस्ता कालजयी गीतका गायक भोजपुरेले संगीतकार तथा रचनाकार गणेश रसिकको संगीत र रचनामा एकल र सामूहिक गरी डेढ सयभन्दा बढि गीत आएका छन् । उनको लघुकथा संग्रह ‘मुसुक्क म’ (२०२३) मा प्रकाशित छ ।

भोजपुर जिल्लाको देउरालीमा १९९९ साल मङ्सिर १२ गते जन्मिएका भोजपुरे नेपालका प्रसिद्ध संगीतकार, गायक, र लेखक हुन् । उनको वास्तविक नाम हिरण्य श्रेष्ठ भएपनि नेपाली सांगितिक तथा साहित्यिक क्षेत्रमा उनी हिरण्ये भोजपुरेका नाममा प्रसिद्ध छन् ।

हिरण्य भोजपुरे सन् १९६० को दशकमा स्थापित सांगीतिक समूह ’लेकाली परिवार’ का संस्थापक सदस्य हुन् । यस समूहले लोक, आधुनिक र प्रयोगात्मक शैलीमा रचना गर्दै नेपाली संगीतमा नयाँ स्वाद थपेको थियो ।

नेपाली संगीत र साहित्यमा योगदान पु¥याए वाफत उनी ‘प्रबल गोरखा दक्षिण बहु’, ‘वीरेन्द्र शुभ राज्य विशेष पदक’, ‘बिरेन्द्र ऐश्वर्य सेवा पदक’ लगायतका प्रतिष्ठित सम्मानबाट सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस