प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

द एभरेष्ट पोष्ट
३२ जेठ २०८२ १७:१२
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको बताइएको छ ।

परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसको तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको हो ।

भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै गएको देखिएको छ । ओलीले भारत भ्रमणमा जाने इच्छा देखाए पनि भारतबाट निम्तो भने आएको थिए । तर पछिल्लो समय, खासगरी पहलगाम घटनापछि सम्बन्धमा सुधार राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस