विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्ने

काठमाडौँ — नेपालले वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी-२० ऐतिहासिक सिरिज खेल्ने भएको छ । सिरिजको आयोजना नेपाल क्रिकेट संघ (क्यान) रहेको छ । खेल यूएईको सारजाह त्रिकेट मैदानमा हुनेछ । नेपालले दुई देशीय सिरिजमा ट्वान्टी-२० विश्वकपको पूर्व विजेता वेस्ट इन्डिजको सामना गर्न लागेको यो नै पहिलो पटक हुनेछ ।
क्यानले जारी गरेको विज्ञप्ति अनुसार सिरिजको पहिलो खेल सेप्टेम्बर २७ मा दोस्रो खेल २८ र तेस्रो खेल ३० मा हुनेछ । यो सिरिज नेपालका लागि आईसीसी मेन्स ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा पनि रहनेछ ।