भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत

द एभरेष्ट पोष्ट
३० जेठ २०८२ १६:२७
भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत

काठमाडौं– प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन एकमत भएका छन् ।  संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहीबार बसेको बैठकमा भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन प्रतिपक्षी दलहरू एकमत भएका हुन् ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसामार्फत् मानव तस्करीको संगठित अपराध अन्यका लागि छानबिन समिति बनाउने निष्कर्ष निकालेको जानकारी दिए ।  ‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिसामार्फत् मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ उनले भने ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो ।  सिंहदरबारमा भएको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भनेका थिए, ‘कुनै न कुनै उपाय निकाल्नु पर्छ भने कुरा नै हो । बीचको उपाय कोसिस गर्ने भन्ने छ ।’

अध्यक्ष प्रचण्डले पनि अध्यक्ष नेपालसँग संसद्मा देखिएको अवरोधबारे छलफल भएको प्रतिक्रिया दिएका थिए । ‘सदनको बारेमा छलफल भयो,’ उनले भनेका थिए, ‘अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस