सञ्चारकर्मीमाथि राज्यको प्रहार सैह्य हुदैन: कोइराला
 
                                 काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नहुने बताएका छन् ।समाचारको विषयलाई लिएर काठमाडौं जिल्ला अदालतबाट पत्रकार दिलभूषण पाठकलाई मंगलबार पक्राउ पुर्जी जारी भएपछि नेता काइरालाले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता भएको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।’
ट्रेन्डिङ
सम्बन्धित
निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल
                                        १५ कार्तिक  २०८२ १६:२४                                    
                                
 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     