गण्डकीमाथि सुदूरपश्चिमको जित

काठमाडौं : सुदुरपश्चिम प्रदेशले टिबी साह मेमोरियल यु १६ क्रिकेटमा गण्डकीमाथी जित हासिल गरेको छ ।
सुर्खेतमा बुधबार सम्पन्न खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशमाथि ७ विकेटको जित हासिल गर्यो । १ सय ४३ रनको लक्ष्य सुदूरपश्चिमले २१।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा ओपनर बिक्रम बोहराले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५७ रन जोडे । भाष्कर जोशी ६० बलमा ७ चौकाको सहयोगमा ४६ रनमा अविजित रहे ।
गण्डकीका लागि रिदम पाण्डे, सुशिल भुषाल र कप्तान सुप्रिम सुनारले समान १ विकेट लिए ।
त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४७।१ ओभरमा १ सय ४२ रनमा अल आउट भयो ।
गण्डकीका लागि करन गैरे ५६ बलमा २ चौकाको सहयोगमा सर्वाधिक २७ रन जोडे । ओपनर रोज श्रेष्ठले ३४ बलमा ५ चौकाको सहयोगमा २५ रन जोडे ।
सुदूरपश्चिमका लागि सुशिल रावलले ३, राहुल साउद र हिमाल धौलियाले समान २ तथा कप्तान सचिन भट्ट र सुबोध तिवारीले समान १ विकेट लिए ।
जितपछि सुदूरपश्चिम ५ खेलमा ४ अंकका साथ ४ अंकका साथ पाँचौ स्थानमा छ । पाँच खेलमा अंकबिहिन रहेको गण्डकी पुछारमा रहेको छ ।