पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ

द एभरेष्ट पोष्ट
२९ जेठ २०८२ १७:२७
पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं:  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतले जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पक्राउ पुर्जी तत्काल फिर्ता लिन माग गरेका हुन् ।

‘एउटा समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु हदै निरंकुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य(मान्यता विरोधी निन्दनीय कार्य हो,’ श्रेष्ठले भनेका छन्, ‘यसको म तीव्र भर्त्सना गर्दछु र यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु ।’

सञ्चार माध्यममा कतिपय समय अत्यन्त निराधार, गलत र गैरजिम्मेवार समाचार प्रसारण हुने गरेको भन्दै उनले त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी रहेको पनि बताएका छन् ।

‘त्यस्ता  पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ । तर सम्बन्धित समाचार गलत हो र त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पकाउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन सकिँदैन । यस्ता कार्य बन्द गरियोस्,’ श्रेष्ठले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस