प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि सर्यो
 
                                 काठमाडौं : विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
सोमबार बसेको बैठकमा पनि संसद् कार्यसूचीमा प्रवेश गर्न नसक्दा आधा घन्टाका लागि स्थगित गरिएको थियो। तर दलहरूबीच सहमति नजुटेपछि संसद् सचिवालयले सूचना टाँस्दै बैठक स्थगनको जानकारी गराएको हो।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १३ जेठदेखि सदन अवरुद्ध गर्दै आएका छन्।
ट्रेन्डिङ
सम्बन्धित
निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल
                                        १५ कार्तिक  २०८२ १६:२४                                    
                                
 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     