देशको राजनीतिमा उतारचढाव देखियो : प्रचण्ड
 
                                 काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको आरोप लगाएका छन्।
काठमाडौँमा सोमबार आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्त्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको आरोप लगाएका हुन्।
‘समग्र आर्थिक विकास र समृद्धिका साथै पिडछिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको छ’, उनले भने। प्रचण्डले अहिले देशको राजनीतिमा उतारचढाव देखिएको पनि बताए।
उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माणमा लागेको पनि बताए।
अध्यक्ष प्रचण्डले रिटर्नीहरुका तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता जनाएका छन्।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     