अमेरिकाको लस एन्जलसमा लगातार तीन दिनदेखि विरोध प्रदर्शन

काठमाडौं : अमेरिकी अध्यागमन एजेन्सीले अवैध आप्रवासीहरूमाथि गरेको छापा मार्ने विरोधमा क्यालिफोर्नियाको लस एन्जलस सहरमा लगातार तीन दिनदेखि विरोध प्रदर्शन भइरहेको छ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनलाई रोक्न लस एन्जलसमा २,००० राष्ट्रिय गार्ड सेना तैनाथ गर्ने आदेश दिए।
पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको यो कार्यको आलोचना गरेकी छन्।
यसैबीच लस एन्जलसका मेयर करेन बासले ट्रम्प प्रशासनलाई अराजकता फैलाएको आरोप लगाएकी छन्।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले यो कार्यलाई क्रूर भनेका छन्। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा धेरै प्रदर्शनकारीहरूले मेक्सिकन झण्डा बोकेका थिए।
लस एन्जलसमा विरोध प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।