अमेरिकाबाट डिपोर्टमा परेका ४० नेपाली आज नेपाल आइपुग्दै

काठमाडौँ : अमेरिकाबाट डिपोर्टमा परेका करिब ४० जना नेपाली आज दिउँसो चार्टर विमानमार्फत नेपाल आइपुग्दै छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार अन्य देशका नागरिक नसमेटिएको विशेष चार्टर विमान दिउँसो ४स्१५ बजे काठमाडौं अवतरण हुने तालिका छ।
विमानस्थलस्थित अध्यागमनका प्रवक्ता अन्जन न्यौपानेले डिपोर्टमा परेका नेपालीहरू रहेको विमान आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण हुने जानकारी दिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै कागजातविहीन आप्रवासीहरूलाई निष्कासन गर्ने अभियान तीव्र बनाइएको छ। सोही अभियान अन्तर्गत सन् २०२१ देखि २०२४ सम्म १४० जना नेपाली डिपोर्टमा परेका छन्।
अध्यागमन विभागका अनुसार सन् २०२१ मा ३८, सन् २०२२ मा २४, सन् २०२३ मा २५ र सन् २०२४ मा ५३ जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरेको हो।
यसअघि फागुनको तेस्रो साता पनि चार्टर विमानमार्फत ८ जना नेपालीलाई अमेरिका सरकारले फिर्ता पठाएको थियो। तीमध्ये केहीले मानव बेचबिखन अनुसन्धान ब्युरोको सोधपुछमा १२ वटा देशका सीमाना अवैध रूपमा पार गर्दै अमेरिका पुगेको स्वीकारेका थिए।
ट्रम्प प्रशासनअन्तर्गत ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) मार्फत कागजातविहीन आप्रवासीहरूलाई समातेर डिपोर्ट गर्ने प्रक्रिया अझ कडा बनाइएको छ। क्ष्ऋभ् ले गत नोभेम्बर २४ सम्म डिपोर्टको अन्तिम आदेश पाइसकेका तर अझै पक्राउ नपरेका आप्रवासीहरूलाई तीव्र रूपमा नियन्त्रणमा लिई फिर्ता पठाउँदै आएको छ।