बेलायतमा सम्पन्न चार दिने ओशो ध्यान शिविरमा १० जनाले लिए सन्यास

द एभरेष्ट पोष्ट
२५ जेठ २०८२ २०:४६
बेलायतमा सम्पन्न चार दिने ओशो ध्यान शिविरमा १० जनाले लिए सन्यास

लन्डन । ओशो आनन्दबोधी ध्यान केन्द्र बेलायतको आयोजनामा चारदिने आवासीय ओशो ध्यान शिविर हालै लण्डनमा सम्पन्न भएको छ ।

बेलायतको मेडनहेडस्थित सीममोर हलमा मे को अन्तिम साता सञ्चालित ध्यान शिविरमा १० जनाले ओशो तपोवन काठमाण्डौंका वरिष्ठ ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतबाट सन्यास ग्रहण गरेका थिए ।

ओशो आनन्दबोधी ध्यान केन्द्र बेलायतका सञ्चालक शंकर ढकालले मे २४ देखि २६ सम्म सञ्चालन भएको शिविरमा  ८ देखि ७० वर्ष उमेरसमूहका ५० जना सहभागी रहेकोमा १० जनाले सन्यास ग्रहण गरेको जानकारी दिए ।

हरेक दिन बिहान ६ः ३० बजे देखि राति १०ः०० बजेसम्म सञ्चालन भएको शिविरमा सहभागीहरु वरिष्ठ ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतको प्रवचन, ध्यान र योगबाट मन्त्रमुग्ध भएका थिए ।

स्वामी आनन्द अर्हतले शिविरमा ओशो डाइनेमिक ध्यान, कुण्डलिनी ध्यान, चक्र ब्रीदिङ ध्यान, चक्र साउन्ड ध्यान, योग अभ्यास गराउनुका साथै ओशोका बारेमा प्रवचन दिएका थिए ।

उनले धनसम्पत्ती र बैभवबाट सुख सुबिधा प्राप्त हुने भएपनि शान्ति र चयन भने ध्यान र योगबाट प्राप्त हुने बताए ।

494818939_1892377921517966_4935551673395007599_n-1748345818.jpg

494355624_1017670350514283_6828772854272063180_n-1748345867.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस