दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस सुरु

काठमाडौं- तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान पुरा भएको छ । बयान पुरा भएसँगै बुधवारबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस प्रारम्भ भएको छ ।
राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।