आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्न नसकेपछि भोलिलाई सारिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आज दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३:१५ बजे बस्ने तय गरिएको थियो । तर, यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई सारिएको हो ।
यसअघि, मंगलबार पनि बैठक बस्न सकेन । सदन सञ्चालनका लागि सहमति हुन नसक्दा मंगलबार पनि बैठकको समय सारिएको थियो ।
विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने माग राख्दै आएका छन् । तर, सत्तापक्ष समिति गठन गर्न तयार छैन ।