म्यानमारबाट तीन नेपालीको उद्धार गरी काठमार्डौं फर्काइयो

द एभरेष्ट पोष्ट
२२ जेठ २०८२ १६:१८
म्यानमारबाट तीन नेपालीको उद्धार गरी काठमार्डौं फर्काइयो

काठमाडौं । म्यानमारको मेवाडीमा अलपत्र परेका तीन नेपालीलाई उद्धार गरी काठमाडौं फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरेर बुधबार काठमाडौं पठाएको हो ।

“अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्यान्डको बैंकक हुँदै तीनजना पुरुषलाई २०८२ जेठ २१ गतेका दिन नेपाल फर्काइएको छ,” दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान दूतावासले अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन दूतावासले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस