सुदूरपश्चिम समाज भिक्टोरियाको नयाँ कार्यसमिति चयन,अध्यक्षमा दीप चन्द

मेलवर्न(अस्ट्रेलिया), ३ मे ।
सुदूरपश्चिम समाज भिक्टोरिया, अस्ट्रेलियाको अध्यक्षमा दीप चन्द चयन भएका छन् ।
भिक्टोरियाको मेरन्डास्थित चिली एभरेस्ट रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा चन्दको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा केशव पन्त, बिक्रम कुँवर सचिव, प्रदीप कुँवर कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै सदस्यमा मुक्ता सिंह, मनोज अधिकारी, विनोद कुँवर, उदय देवकोटा, राशी सिंह ठाकुरी र थानेश्वर भट्ट चयन भएका छन् ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा एनआरएनए भिक्टोरिया डेपुटी कोर्डिनेटर महादेव धानुक, संस्थापक सदस्य सुबास कुँवर, न्याभ अध्यक्ष डा. एकिन्द्र तिमिल्सेना, समाजका निवर्तमान अध्यक्ष नरेश रावल, भूपेन्द्र सम्शेरा राणा लगायतको उपस्थिती रहेको थियो ।
साँझ साँढे ५ देखि ९ बजेसम्म बजेसम्म सांस्कृतिक कार्यक्रम सम्बोधन तथा सामुदायिक छलफल समेत भएको थियो ।
नयाँ अध्यक्ष दीप चन्दले आफ्नो सम्बोधनमा समाजमा एकता, सेवा र सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्दै युवादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई समेटेर सुदूरपश्चिम समाजलाई अझ सशक्त बनाउने बताए ।
कार्यक्रममा विशेष रूपमा प्रवासी नेपाली समुदायमा योगदान गर्ने बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक र खेलकुद क्षेत्रमा केन्द्रित दीर्घकालीन योजनाहरू सार्वजनिक गरियो। साथै, नवनियुक्त कार्यसमिति अन्तर्गत विभिन्न संयोजकहरू नियुक्त गर्दै युवावर्ग, संस्कृति, मिडिया र सदस्यता व्यवस्थापनमा केन्द्रित कार्यदल बनाउने घोषणा गरियो।
समाजको अघिल्लो कार्यकालका उपलब्धिहरूको समीक्षा गर्दै पूर्व अध्यक्ष नरेश रावलले नेतृत्व हस्तान्तरणलाई उत्सवमय शैलीमा स्वागत गर्दै, नयाँ समितिलाई सफलताको शुभकामना दिए।