कम्बोडियामा अलपत्र परेका नेपालीको उद्धार

द एभरेष्ट पोष्ट
१० जेठ २०८२ १७:५७
कम्बोडियामा अलपत्र परेका नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा अलपत्र परेका दुई नेपालीको उद्धार गरेको छ ।उद्धार गरिएका दुई नेपालीलाई शुक्रबार काठमाडौं फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

“लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई -एक महिला र एक पुरुष) नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी ०८२ जेठ ९ गतेका दिन नेपाल फर्काइएको छ,” दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि पनि दूतावासले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस