‘ऊनको स्वीटर’ को ग्रस कलेक्सन कति ?

द एभरेष्ट पोष्ट
१० जेठ २०८२ १३:५२
‘ऊनको स्वीटर’ को ग्रस कलेक्सन कति ?

काठमाडौं ।  विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ।

निर्माता कम्पनी आर्टमाण्डुका अनुसार फिल्मले नेपालमा ८ करोड १० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मले दुई सातामा काठमाडौं र मोफसलका हलमा गरेर उक्त कमाइ गरेको हो।

वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ।

नवीन चौहान निर्देशित यो फिल्ममा विपीन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु,विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारहरूको अभिनय छ।

म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डुको यो पहिलो फिल्म हो। कथानक गीतबाट दर्शकको मन जितेका कारण पनि आर्टमाण्डुको यो फिल्मलाई लिएर दर्शकहरू पहिल्यैदेखि उत्साहित थिए।

फिल्मको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको थियो। फिल्म हेरेका दर्शकले पनि यसको प्रशंसा गरिरहेका छन्। वर्ड अफ माउथ बलियो रहेका कारण तेस्रो सातामा पनि फिल्मले राम्रो शो पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस