पूर्व राष्ट्रपति भण्डारीसँग मन्त्री भण्डारी पनि चीन जाने
 
                                 काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीन भ्रमणमा जान सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री भण्डारीको चीन भ्रमण स्वीकृत गरेको हो ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जेठ ११ गतेदेखि १९ गतेसम्म जनवादी चीनमा हुने फोर्थ डाइलग एक्स्चेन्ज म्युचुअल लर्निङ सिभिलाइजेसन कार्यक्रममा सहभागी हुन बैठकले स्वीकृति दिएको जानकारी दिए ।
पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जाँदैछन् । पूर्व राष्ट्रपति भण्डारीको टोलीमा मन्त्री भण्डारीको पनि नाम भएपनि उनीहरु एकदिनअघि पछिमात्र चीन पुग्नेछन् ।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                     