राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सम्हाले कार्यभार

काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आफ्नो कार्यभार सम्हालेका छन्। बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन्।
उनले यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेका थिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर हुन्।