प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नरको टुंगो लाग्ने आशा

द एभरेष्ट पोष्ट
७ जेठ २०८२ १५:३९
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नरको टुंगो लाग्ने आशा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक मंगलबार अपरान्ह ५ बजेका लागि बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रिपरिषद् निर्णयमा सहमति जुटाउन छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच गहिरिँदो अविश्वास देखिएको छ । कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम सिफारिस समितिमार्फत अगाडि सारेको थियो । तर, गठन भएको दुई महिना बितिसक्दा पनि समितिको बैठक एकपल्ट पनि बसेको छैन ।

समिति दुईपटक पुनर्गठन भइसकेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकअघि ओलीले देउवालाई बालुवाटार बोलाएर गभर्नर नियुक्तिका सम्बन्धमा अन्तिम छलफल गर्ने संकेत दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस