सावित्रा भण्डारीको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ स्थापना

द एभरेष्ट पोष्ट
६ जेठ २०८२ १४:१०
सावित्रा भण्डारीको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ स्थापना

लमजुङ : नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को सम्मानमा लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदीबजार चोकको नाम ‘साम्बा चोक’ राखिएको छ। चोकमा विशेष रूपमा साम्बा स्तम्भ समेत निर्माण गरिएको छ।

साम्बा स्तम्भको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका हुन्। फुटबलमा आफ्नो योगदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउँदै आएकी भण्डारीको सम्मानमा चोक नामाकरण र स्तम्भ निर्माण गरिएको आयोजकले जनाएको छ।

हाल सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजन लिग क्लब ‘एना भान गेङगाङ्प’ मा आबद्ध छिन्। उनी घरेलु मैदानमा मात्र नभई अन्तर्राष्ट्रिय फुटबलमा समेत नेपाललाई गौरव दिलाउँदै आएकी खेलाडीका रूपमा परिचित छिन्।
उद्घाटन कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, वडा अध्यक्ष हरिश चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा सावित्राका आमाबुवालाई समेत विशेष सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस