शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

द एभरेष्ट पोष्ट
५ जेठ २०८२ २०:१४
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

काठमाण्डौं, ४ जेठ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ।

आइतबारको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको हो।

विधेयकलाई पारित गरियोस् भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन्।

यो विधेयक पारित भएसंगै कैलालीको गेटामा मेडिकल कलेजका लागि निर्माण गरिएका अर्बौ रुपैया संरचनामा विश्व विद्यालय सञ्चालन गर्ने बाटो खुलेको छ ।

मेडिकल कलेज सञ्चालन गर्नु पर्ने सुदूर पश्चिमका वासिन्दाको वर्षौदेखिको एउटा माग पुरा भएको छ । यद्दपि पारित भएको बिधेयक पूर्ण भने छैन् ।

पारित भएको बिधेयकमा ५० शैयाको अस्पताल सञ्चालन गर्ने स्वीकृत भएकोले एमवीवीएसको पढाई सञ्चालन र तत्काल सुविधायुक्त मेडिकल कलेज सञ्चालन गर्न भने कठिनाई हुनेछ ।

एमवीवीएसको पढाई सञ्चालनका लागि तीन सय शैयाको अस्पतालको स्वीकृत आवश्यक पर्छ । र, त्यति शैयाको अस्पताल सञ्चालनमा आएको तीन वर्षपछि मात्र एमवीवीएसको पढाई सञ्चालन गर्न पाईने नीतिगत प्राबधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस