रवि लामिछानेविरुद्धको मुद्धामा मिसिल प्रमाण झिकाउन आदेश

द एभरेष्ट पोष्ट
५ जेठ २०८२ १६:१४
रवि लामिछानेविरुद्धको मुद्धामा मिसिल प्रमाण झिकाउन आदेश

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा उच्च अदालत पोखराले मिसिल प्रमाण झिकाउन आदेश दिएको छ ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश दिएको हो ।

शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए। त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा कास्की जिल्ला न्यायाधीश नितेश राईको इजलासले गएको पुस २५ गते गोर्खा मिडियाका पूर्वएमडी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस