ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाइते

द एभरेष्ट पोष्ट
५ जेठ २०८२ १०:०८
ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा  १९ जना घाइते

न्यूयोर्क, १७ मे ।
अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाईते भएका छन् ।

शनिबार राति ८ः२६ बजे इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किदा १९ जना घाईते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

घाईते हुनेहरु सबै जहाजमा सवार थिए । जसमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।

जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन अवरूद्ध भएको थियो। निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ।

उक्त जहाज मेक्सिकोको नौसेना क्याडेटहरूको तालिमका लागि प्रयोग हुने प्रमुख जहाज रहेको भनिएको छ। यो सन् १९८२ मा स्पेनमा बनेको थियो।

मेक्सिकोको नौसेनाले पनि जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ। जहाजमा २७७ जना सवार थिए।
तस्वीर : सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस