बझाङका सबै पालिकामा एमालेको अधिवेशन सम्पन्न

द एभरेष्ट पोष्ट
४ जेठ २०८२ १८:३१
बझाङका सबै पालिकामा एमालेको अधिवेशन सम्पन्न

बझाङ । बझाङ जिल्लाका १२ वटै स्थानीय तहमा नेकपा ९एमाले०को पालिका अधिवेशन सम्पन्न भएको छ । फागुन १६ गते साइपाल गाउँपालिकाबाट सुरु भएको अधिवेशन सम्पूर्ण पालिकामा सम्पन्न भएको हो ।

अधिवेशनबाट साइपाल गाउँ कमिटी अध्यक्षमा मङ्गल बोहरा, तलकोटमा कृष्णबहादुर सार्की, मष्टामा दविराज बोहरा, जयपृथ्वी नगर कमिटीमा हरिचन्द्र जोशी, बुङ्गल नगर कमिटीमा दीपकराज जोशी र वित्थडचिर गाउँकमिटीमा दिपेन्द्र बोहरा निर्वाचित भएका छन् ।

त्यस्तै, खप्तडछान्नामा किरण सिंह, छविसपाथीभेरामा कलकबहादुर थापा, सुर्मा गाउँ कमिटीमा अक्कल विक, थलारामा विष्णु विष्ट, दुर्गाथलीमा हेमराज विष्ट र केदारस्युँ गाउँपालिकामा लोकेश भण्डारी पालिका अध्यक्षमा निर्वाचित भएको नेकपा ९एमाले० जिल्ला कमिटी बझाङका सचिव नयन बोहराले जानकारी दिए ।

उनका अनुसार केही पालिकामा निर्वाचन प्रक्रिया अपनाइए पनि अधिकांश पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको थियो । जिल्ला कमिटीका अध्यक्ष दिलबहादुर भण्डारीका अनुसार पालिका अधिवेशन सकिएसँगै पार्टी अहिले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा वडा अधिवेशनतर्फ केन्द्रित भइरहेको छ । अधिवेशनले निष्क्रिय रहेका कार्यकर्तालाई पुनः सक्रिय बनाएको उनको भनाइ छ ।

जिल्ला उप–सचिव पंकज भण्डारीले पार्टी गतिविधि अझ सशक्त बनाउँदै लैजाने, नयाँ तथा पुराना नेता कार्यकर्तालाई सक्रिय बनाउँदै ‘मिसन ८४’ लाई लक्ष्यित गरेर सबै क्षेत्रमा पार्टीलाई बलियो बनाउने रणनीति रहेको बताए। नेकपा (एमाले) केन्द्रीय सदस्य ऐन महरले बझाङ जिल्ला कमिटीलाई संगठन निर्माण तथा सुदृढीकरण अभियानलाई तीव्र बनाएकोमा बधाई ज्ञापन गरेका छन्।

उनले भने, “जिल्लाका १२ वटै पालिकाको अधिवेशन सम्पन्न हुनुका साथै कुल ९४ मध्ये ६५ वटाभन्दा बढी वडाको अधिवेशन पनि सम्पन्न हुनु सुखद र उत्साहजनक विषय हो। सदस्यता नवीकरण र वृद्धिको अभियानले पार्टीलाई अझ सशक्त बनाएको छ। यो अभियानलाई अझ सुदृढ बनाउँदै लैजाने कार्यमा नेकपा (एमाले) बझाङ जिल्ला कमिटीलाई हार्दिक बधाई तथा आगामी कार्यका लागि शुभकामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस