काँग्रेस महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा बिशेष संवाद 

द एभरेष्ट पोष्ट
४ जेठ २०८२ १७:५२
काँग्रेस महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा बिशेष संवाद 

काठमाडौं । काँग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा जेठ ३ गते शनिबार सगरमाथा बेसक्याम्पमा `जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा´ बिषयमा बिशेष संवाद सम्पन्न भएको छ l

शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा बेसक्याम्प पुगेका थिए l ३१ पटक सगरमाथा आरोहण गरेका किर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर शुरु गरिएको बिशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यहरू बारे स्थानीयका तर्फबाट आरोही बाबू शेर्पाले वाचन गरेका थिए l

लुक्लादेखी ५ दिन लगातार पदयात्रा गरेर सगरमाथा बेसक्याम्प पुगेका महामन्त्री शर्मा यो साता दुई काममा व्यस्त रहे l पहिलो- आरोहण प्रशिक्षण l दोस्रो- हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण l

 

१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए l पर्यटन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू बिशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे l

शर्माले बेसक्याम्पमा संचार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता बिषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बन उत्सर्जन बढी गर्ने ठुला रास्ट्रहरुमाथी दबाब बढाउन साना रास्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए l

कार्यक्रममा किर्तिमानी आरोही कामिरिता शेर्पां, डा आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले बिशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराए l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस