आइपिएलको रोकिएका खेल आजदेखि

द एभरेष्ट पोष्ट
४ जेठ २०८२ १३:००
आइपिएलको रोकिएका खेल आजदेखि

काठमाडौँ, जेठ ३ गते । भारत र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण रोकिएको भारतीय प्रिमियर लिग (आइपिएल) का खेलहरु शनिबार (आज) देखि पुनस् सञ्चालन हुने भएको छ ।

दुई देशबिचको तनावमा कारण एक साताअघि खेल स्थगित गरिएको थियो । शनिबार राति रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसिबी० र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ ।

११ खेल सकेको आरसिबीको १६ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको गुजरात टाइटन्सको पनि समान १६ अङ्क छ । १२ खेलमा ११ अङ्क बनाएको कोलकाला छैटौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस