यू–१९ फुटबल च्याम्पियनसिप: बंगलादेशसँग पराजित हुँदै नेपाल बाहिरियो

द एभरेष्ट पोष्ट
३ जेठ २०८२ १८:०१
यू–१९ फुटबल च्याम्पियनसिप: बंगलादेशसँग पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं स् बंगलादेशसँग पराजित हुँदै नेपाल यू–१९ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ। गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा बंगलादेशले नेपाललाई २–१ ले पराजित गरेको हो।

खेलको पहिलो हाफ शून्यको बराबरीमा सकिएको खेलमा बंगलादेशले दोस्रो हाफमा २ गोल गर्दै अग्रता कायम गरेको थियो। नेपालले १ सान्त्वना गोल फर्कायो। खेलको ७३ औँ मिनेटमा बंगलादेशका लागि आशिकुर रहेमानले गोल गर्दै १–० को अग्रता दिलाए।

खेलको ८१ औँ मिनेटमा कप्तान नाज्मुल हुडा फेजलले गोल गर्दै बंगलादेशलाई २–० को अग्रतासहित फाइनलमा पुर्‍याए।

खेलको ८७ औँ मिनेटमा सुजन डंगोलले गोल गर्दै नेपालको तर्फबाट सान्त्वना गोल फर्काएका हुन्।

बंगलादेशले भारत र माल्दिभ्सबिच हुने सेमिफाइनल खेलेको विजेता टिमसँग उपाधिका लागि खेल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस