सालको रुख भाँचिदा घाइते भएको पूर्व क्याम्पस प्रमुख को मृत्यु

द एभरेष्ट पोष्ट
३ जेठ २०८२ १२:५४
सालको रुख भाँचिदा घाइते भएको पूर्व क्याम्पस प्रमुख को मृत्यु

रञ्जना बिसी, कैलाली । कैलालीमा हावा हुरीका कारण सालको रुख भाँचिदा घाइते भएको पूर्व क्याम्पस प्रमुख को मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको उपचारका क्रमममा मृत्यु भएको हो ।

शुक्रवार बिहान  घर नजिकैको सालको रुख भाँचिएर भण्डारी गम्भिर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई उपचारका लागि  घोडाघोडी अस्पताल, सुखडमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि माया मेट्रो अस्पताल, धनगढीमा रिफर गरिएको थियो। दिउसो करिब साढे १२ बजे भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस