दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरेका हुन् । ‘अब तलमाथि नभइकन दुई–चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ,’ उनले भने ।