रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले बिहीबार संसदमा जानकारी गराउने भएका छन् ।
मंगलबार प्रतिनिधिसभामा चौधरीको पक्राउप्रति आपत्ति जनाउँदै नाउपाका सांसदहरूले सरकारको जवाफ माग गरेका थिए । यहीबीचमा सभामुख देवराज घिमिरेले गृहमन्त्रीबाट जवाफ आउने जानकारी दिए ।
१७ वैशाखमा नाउपा र जनमत पार्टीबीच एकीकरण घोषणाका लागि प्रज्ञा भवन पुगेका बेला चौधरी पक्राउ परेका थिए । तर, पक्राउ पुर्जी फर्जी रहेको पुष्टि भएपछि उनी पाँच घण्टा डिल्लीबजार कारागारमा बसेर रिहा भएका थिए ।