कसले रोकेको छ, गभर्नर नियुक्तिको प्रकृया ?

द एभरेष्ट पोष्ट
२१ वैशाख २०८२ १०:१३
कसले रोकेको छ, गभर्नर नियुक्तिको प्रकृया ?

काठमाण्डौं, २१ बैशाख ।

गभर्नर नियुक्तिमा भएको ढिलाईलाई लिएर नेपाली काँगे्रेसका नेता शेखर कोईरालाले सुशासन र सरकारको नियतमाथि प्रश्न उठाउदै नवलपरासीमा आयोजित एक कार्यक्रममा समेत सरकारको आलोचना गरे ।

तर सरकार भने गभर्नर नियुक्तिलाई झन पेचिलो बनाउदै नियुक्तिको प्रकृयालाई लम्ब्याईरहेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमती जनाएको भनिएको पनि तीन साता भयो । दुई शीर्ष नेताबीच भएको सहमतीपछि डा. भट्टले बैशाख ४ गते गभर्नर नियुक्तिका लागि कार्यकारी निर्देशकको पदबाट राजिनामा दिए । सिफारिस र नियुक्त नहुदै भट्टका विरुद्ध अदालत दायर भएको मुद्दा खारेज पनि भईसक्यो । तर उनलाई नियुक्त गर्न भने सरकार आलटाल गरिरहेको छ ।

पूर्व न्यायधिवक्ता खम्म बहादुर खातीले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजु राणालाई डा. भट्टलाई गभर्नर नियुक्त गर्दा कुनै कानूनी अडचन नआउने सुझाव दिएका थिए । योबीचमा सभापति देउवा र गृहमन्त्री लेखकले कानूनवीदहरुसंग रायसुझाव पनि लिए ।

कानूनवीदहरुले पनि सभापति देउवा र गृहमन्त्री लेखकलाई भट्ट गभर्नर नियुक्तिका लागि तोकिएका सबै मापदण्डमा योग्य भएको र उनलाई गभर्नर नियुक्त गर्दा कानूनी जटिलता उत्पन्न नहुने सुझ्याएका थिए ।

त्यसका बाबजुद पनि भट्टलाई गभर्नर नियुक्त गर्न सरकारले नै बिभिन्न बहानाबाजी गरिरहेको छ ।

कामु गभर्नरले भट्टको राजिनामा स्वीकृत नगरेको, सिफारिस समितिको बैठक नबसेकोले गभर्नर नियुक्तिको प्रकृया अघि बढ्न नसकेको बताईएपनि प्रधानमन्त्री ओली जसरी भएपनि कामु गभर्नर ढुंगानालाई त काँग्रेसका केही नेता ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन चाहन्छन् ।

बिचौलिया र स्वार्थ समूहसंगै गभर्नरको दौडबाट बाहिरिएकाहरु एकठाउँमा उभिएर भट्टलाई गभर्नर नदिने षडयन्त्रमा लागेका छन् । त्यही षडयन्त्रबाट सरकार प्रभावित भएर भट्टलाई गभर्नर नियुक्त गर्न सरकारले आलटाल गरिरहेको नेपाली काँग्रेसका एक नेताले बताए ।

बाहिर जे भनिएपनि प्रधानमन्त्री ओलीले चाह्यो भने काम गभर्नर ढुंगानाले एक मिनेटमै भट्टको राजिनामा स्वीकृत गर्छन् । र, सिफारिस समितिले पनि तत्क्षण डा. भट्टलाई गभर्नरका लागि सिफारिस गर्छ, ती नेताले भने, जनता माझ लोकप्रिय कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर सधै बिबादमा परिरहने हितेन्द्रमान शाक्यलाई नियुक्त गर्न सक्ने ओलीले कहीकतै बिबादमा नआएका स्वच्छ छविका अर्थतन्त्रका ज्ञाता डा. भट्टलाई नियुक्त गर्न चाहेको भए यति समय नै लाग्दैनथ्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस