कैलालीमा कक्षा १२ को परिक्षाको तयारी पुरा

द एभरेष्ट पोष्ट
२० वैशाख २०८२ १४:२९
कैलालीमा कक्षा १२ को परिक्षाको तयारी पुरा

कैलाली । कैलालीमा कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । शिक्षक आन्दोलनका कारण राष्ट्रिय परिक्षा बोर्डले वैशाख २१ गते सारेको परिक्षाको तयारी पुरा भएको हो । ।

एक सय ३५ माध्यमिक तहका विद्यालय रहेको कैलालीमा ४७ वटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षामा जिल्लाभरबाट १९ हजार ९ सय १५ जना परिक्षार्थी सहभागी हुने राष्ट्रिय परिक्षा बोर्ड प्रदेश परिक्षा व्यवस्थापन कार्यालय कैलालीका शाखा अधिकृत राम दत्त भट्टले जानकारी दिए ।

उनका अनुसार ४७ वटै परिक्षा केन्द्रमा सिट व्यवस्थापन, केन्द्राध्यक्षहरुलाई प्रशिक्षण र सबै केन्द्रहरूमा परिक्षामा चाहिने सामाग्री पुगिसकेको छ । परीक्षा मर्यादित र व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा १० जना सुरक्षाकर्मी समेत खटाइ सकेको भट्टले जानकारी दिए । परिक्षा बिहान ८ बजेबाट सुरु भएर ११ बजे सकिने छ भने जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका रहेको छ ।

यस वर्ष कक्षा १२ को परिक्षामा देशभरका १५ सय ९० परीक्षा केन्द्रबाट पाँच लाख पचास हजार विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।
यस अघि बोर्डले वैशाख ११ गतेदेखि निर्धारण गरेको परीक्षा नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण २१ गते मिति सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस