‘भटटको राजिनामा स्वीकृत नभएपनि गभर्नर नियुक्त गर्न मिल्ने’

काठमाण्डौं, २० बैशाख ।
नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेर गभर्नर नियुक्तिको प्रकृया गिजोल्न खोजेको कानूनवीदहरुको आरोप छ ।
यद्दपि कामु गभर्नर तिम्सिनाले डा. भट्टको राजिनामा स्वीकृत नगरेपनि गभर्नर नियुक्ति गर्न कुनै कानून अडचन नहुने समेत कानूनवीदहरुले सल्लाह दिएका छन् ।
पूर्व महान्यायधिवक्ता बरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले कामु गभर्नर ढुंगानाले भट्टलाई गभर्नर बन्नबाट रोक्न राजिनामा स्वीकृत नगरेपनि त्यही कारण गभर्नर नियुक्ति प्रकृया नरोकिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमती अनुसार भट्टले राजिनामा दिनुभएको हो । ढुंगानाले भट्टको राजिनामा स्वीकृत गर्नुपथ्र्यो, अर्थमन्त्री विष्णु पौडेलले पनि भट्टको राजिनामा स्वीकृत गर्न ढुंगानालाई निर्देशन दिनुभएको छ । त्यसबा बाबजुद पनि उहाँले किन राजिनामा स्वीकृत गरिरहनु भएको छैन्, पूर्व न्यायधिवक्ता खातीले भने, यो तहको सहमतीलाई चुनौती दिने सामथ्र्य ढुंगानामा कहाँबाट आयो ? त्यसमा शंका छ ।
डा. भट्टले बैशाख ५ गतदेखि लागु हुने गरी बैशाख ४ गते कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका थिए । १६ दिन बित्दा पनि भट्टको राजिनामा स्वीकृत भएको छैन् ।
नेपाली काँग्रेसका सभापति देउवा, गृह मन्त्री रमेश लेखक लगायतका काँग्रेसका नेता र मन्त्रीहरुलाई पूर्व न्यायधिवक्ता खातीले राजिनामा स्वीकृत नभएपनि भट्टलाई गभर्नर नियुक्त गर्दा कुनै कानून अडचन नआउने सल्लाह दिएका छन् ।
काँग्रेस नेतृत्वले प्रधानमन्त्री ओलीको आडमा ढुंगानाले भट्टको राजिनामा स्वीकृत नगरेको आंकलन गरेको छ ।
यस विषयमा गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजु राणासंग छलफल गरेपछि गभर्नर नियुक्तिको प्रकृया अघि बढ्ने खातीले बताए । यद्दपि यसअघि नै उनले गृहमन्त्री र गृहमन्त्री लेखक र परराष्ट्र मन्त्री राणालाई भट्टलाई गभर्नर नियुक्त गर्दा कुनै कानून अड्चन नआउने सुझाव दिईसकेका छन् ।
पर्ख र हेरको नीतिमा रहेको काँग्रेस नेतृत्वले भट्टको राजिनामा स्वीकृत नगरे ढुंगानालाई काम गभर्नरको जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री ओलीलाई दवाव दिने भएको छ ।