सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह

द एभरेष्ट पोष्ट
१९ वैशाख २०८२ १८:०६
सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतले नेपालको विकास निर्माणमा गरेको सहयोगको प्रशंसा गरेका छन् ।

भारतको दिल्लीमा भारतीय विदेश राज्यमन्त्री किर्तीवद्र्धन सिंहसँगको भेटवार्तामा उनले नेपालको विकास निर्माणमा भारतको धेरै ठुलो सहयोग रहेको भन्दै यसलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि थप सहयोग गर्न भारतलाई आग्रह गर्दै भारतको तिकुनियादेखि कैलालीको खक्रौलासम्मको सडक चाँडै सम्पन्न गर्ने सम्बन्धमा पनि राज्यमन्त्री सिंहसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले दार्चुलामा निर्माणाधीन पुलको काम छिटै सम्पन्न गर्न आग्रह गर्दै बैतडी, डडेलधुरामा पुल निर्माणको प्रक्रिया चाँडै सुरु गर्नु पनि उनले आग्रह गरे । मुख्यमन्त्री शाह वैशाख २२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस