आर्थिक विकास, सुशासन र समृद्धिका लागि ८० को दशक

द एभरेष्ट पोष्ट
१८ वैशाख २०८२ १४:५९
आर्थिक विकास, सुशासन र समृद्धिका लागि ८० को दशक

-देब राज ओझा

आजको समयमा बाँचिरहेका संसारका हरेक मान्छेले सुख, शान्ति, समृद्धि र आनन्दको जीवन जिउने जिजिविषा पालिरहेका हुन्छन । यो भोग हामि नेपालिहरुमा पनि तिक्ष्ण रुपमा व्यापक कुना काप्चासम्म फैलिएको छ, जसका कारण अब नेपालि समाज विगत र कोरा सपनाका नाममा धेरै कुर्ने पक्षमा देखिदैँन । त्यसैले हाम्रा लागि वि.सं. २०८० को दशक आर्थिक विकास, सुशासन र समृद्धिको बलियो आधार बन्न सक्ने थुप्रै सम्भावनाहरु छन् । विशेष गरेर आम युवा जमातले विकासका सबै आयामहरुमा सकारात्मक परिवर्तनको अपेक्षा गहिरो गरि राखेका छन् । विकास हुँदै नभएको पनि होइन्, पहिलाको भन्दा प्राय सबै आयाममा प्रगति भएको छ तर गति निकै सुस्त छ । यसले अहिलेका नवीन आकाङक्षाहरुलाई थेग्न सक्दैन् । अब टालटुले कामचलाउ भाषणले मात्र कोहिँ पर्खन सक्ने अवस्था छैन । यसका लागि सबै राजनीतिक दलहरु, प्रशासनिक निकायहरु तथा आम सरोकारवालाहरु इमान्दार, प्रतिबद्ध, जवाफदेहि, उत्तरदायि र पारदर्शि बन्न अपरिहार्य छ । यो दशक नेपाल देशका लागि समृद्धि र समुन्नतिको आधारशिला बनाउने ठुलो अवसर हाम्रा सामु छ । असिको दशक पार गर्दै गर्दा नेपाल यस्तो देश बनोस् जहाँ समान सपना भएकाहरूको जिजिविषा र आकाङ्क्षा खुला आकाशमा निर्वन्ध उडान भरिरहेको हास् । आशा, भरोसा, विश्वास र अपेक्षाका रङगमञ्चहरू सदैव खुला र स्वतन्त्र बनुन । देशको समग्र राजनीति सुसंस्कृत, सुसंगत, आदर्श र विचारका चक्षुहरूले विनिर्माण भएको होस् । सहअस्तित्व, सहकार्य, समन्वय, सहयोगी भावना, एक अर्का प्रतिको आदर, फरक मत र विचारको सम्मान जस्ता ससाना यावत कुराहरू सहज, सरल र संस्कारयुक्त बनुन । हामिले ससाना कुराहरूलाई सुधार गर्दै जाने हो भने अवश्य पनि असिको दशकमा देशले अपेक्षित सुधारको नयाँ काचुली फेर्नेनै छ । नवीन आशा, भरोसा र अपेक्षाको लामो बाटो यो दशकले तय गरोस् । विशेष गरि तरूण युवा, विद्यार्थी तथा आम नेपालीको सुन्दर सुदुर भविष्य, भरोसा र विश्वासको दशक बन्न सकोस् । सबैमा यो दशक हाम्रो उन्नयनको आधार हो, समृद्धिको आधार हो, सुखको आधार हो र राष्ट्र निर्माणका लागि एकताको आधार हो भन्ने, भावना, चेतना र उर्जा हरेकमा उत्पन्न भएको होस् । राजनीतिक अधिकार, संवैधानिक अधिकार तथा व्यवस्था परिवर्तनका चरणहरु देशले पार गरिसकेको छ । अब असिको दशकलाई सफल, फलदायी र परिणाम मुखि बनाउन मुलत तिनवटा विशिष्टकृत क्षेत्रहरूमा सुधारको टड्कारो घनिभुत छ ।

पहिलो क्षेत्र – शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि,उद्यम, नवप्रवर्तन र पर्यटन

शिक्षा 

सरकारले शिक्षा क्षेत्रलाई अझै पनि प्राथमिकतामा राख्न सकेको छैन कुरा विधितै छ। शिक्षकहरू पटक पटक सडकमा आएर आन्दोलन गरिरहनुपर्ने अवस्था अझै पनि विद्यमान छ। शिक्षा क्षेत्रका अग्रणि नेतृत्वकर्ताका रूपमा चिनिने शिक्षकहरू नै मौजुदा शिक्षा ऎनसँग पुर्ण असहमत देखिन्छन्। यो ऎनले हामिलाई उपेक्षा गर्‍यो, अन्याय गर्‍यो भन्ने आवाज काठमाडौँका सडकमा पछिल्लो केहिदिन देखी चर्को रूपमा उठिरहेको छ। सरकारले यो मुद्दालाई दीर्घकालीन समाधान अविलम्ब दिनु अपरिहार्य छ। खास गरेर शिक्षकहरूको वृतिविकास, सेवा,सुविधा तथा अन्य गैर मौद्रिक सुविधाहरू समयानुकूल बनाउन कुरामा सरकार उदार हुनुपर्छ। तर्जुमामा रहेको शिक्षा ऎनमा विगतमा भएका सहमति सम्झौताहरूलाई यथाशीघ्र सम्बोधन गर्दै शिक्षकहरूलाई शिक्षाको गुणस्तरीयताको सवालमा अधिकारका साथसाथै जिम्मेवारी र कर्तव्यबोधका साथ कार्य क्षेत्रमा फर्किने वातावरण सरकारले अविलम्ब गरोस्। यसको दीर्घकालिन समाधानबाट मात्रै शिक्षा क्षेत्रलाई पुर्णतः गुणस्तरीय, व्यबहारिक, सर्वसुलभ र सबैको समान पहुँचयोग्य बनाउन टेवा पुग्नेछ। ग्रामीण कुना कन्दरा देखि शहरका कम्जोर आर्थिक अवस्था झेलिरहेका छोराछोरीहरूले चाहेको शिक्षा आर्जन गर्नका लागि सरकारको सहजीकरणिय भुमिका रहोस् । नागरिक चेतनाको विकास गराउने तथा चरित्रवान एवम् राष्ट्रका लागि जिम्मेवार र समर्पित भएर लाग्ने नागरिक निर्माण गर्नुमा पनि शिक्षा क्षेत्रको महत्त्वपूर्ण योगदान रहने भएकाले आफ्नो माटो, परिवेश र विश्व बजार सुहाउँदो शिक्षा देशले अंगिकार गरोस् । जसरी अहिले विद्यार्थीहरू बाहिरीरहेका छन् नब्बेको दशक आउदै गर्दा शिक्षा क्षेत्रमा विदेशी विद्यार्थीहरुको उपस्थिति सानदार रहोस् । शैक्षिक क्षेत्रमा कुनैपनी राजनीतिक क्रियाकलाप र हस्तक्षेप पुर्णतः बन्द भएको होस्। गुणस्तरीय शिक्षाको पहुँचबाट मात्रै आम मानिसलाई असल, चरित्रवान्, चेतनशील, स्वतन्त्र, आत्मनिर्भर, मर्यादित र सम्मानित जीवन निर्वाह गर्न प्रेरित गर्ने प्रस्थान बिन्दु नै शिक्षा हो ।

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा अहिले थुप्रै सुधारका कामहरु अघि बढेका छन् तापनि आजको समयसम्ममा ऋण नबोकी, घर जग्गा नबेची चन्दा सङ्कलन नगरी आफनै कमाईबाट छोराछोरीलाई पढाउन सक्ने वा जहानको उपचार गर्ने हैसियत सामान्यतया एकाध घर बाहेक कसैसँग पनि त्यो सामथ्र्य छैन । स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता, सर्वसुलभता, सहजता, पहुँचताको सुनिश्चितता कायम रहेको होस् । पैसाकै अभावमा अकालमै कसैको पनि मृत्युुवरण नहोस् । डा. नवराज केसिको शुन्यको मुल्यमा भनिए झै पैसा सकियो तर सास सकिएनू भन्ने वास्तविकताबाट असिको दशकमा यो देश माथी उठेको होस् । स्वास्थ्य क्षेत्र गर्व गर्न लाएक बनाउन पर्याप्त दक्ष जनशक्ति उत्पादन गरि तिनिहरूको सुरक्षा, आर्थिक सुविधा लगायतका पक्षमा आमूल सुधार भएको होस् । स्वास्थ्य विमा मार्फत सबैलाई सहज, सरल र सुविधायुक्त उपचार प्रणालीको सुनिश्चितता भएको होस् ।

रोजगारी

बेरोजगारी सबैभन्दा ठुलो समस्याका रूपमा विद्यमान छ । बेरोजगारी कारण थुप्रै समस्यहरू निम्तिएका छन् । रोजगारीको समान पहुँच र वातावरण सबैलाई प्राप्त हुने अवसर बनोस । कसैले पनि भनसुन, नातागोता र शक्तिका आडमा भन्दापनी आफ्नो दक्षता र क्षमताको प्रतिस्पर्धाबाट रोजगारीको उपलब्धतामा सहभागी बन्ने अवसरको सुनिश्चितता चाहिएको छ । दशक ढल्कदै गर्दा रोजगारीका विभिन्न विकल्पहरूको उपलब्धता सहज बन्दै जाउन । जस्तो कि पढ्दै र सिक्दै, आर्टिकलसिप, पार्ट टाइम, आवर्र्ली वेसिस, शिक्षा सँगसँगै जिविकोपार्जनका आधारहरु खडा गर्न सकिनेछ । नब्बेको दशक टेक्दै गर्दा कोहि पनि देश बाहिर जाने अहिलेको जुन बाध्यात्मिक परिस्थिति छ, त्यसबाट मुक्त भइ यहीँ देशमा मेरो भविष्य र भाग्य सुरक्षित छ भन्ने आम युवा भावना जागृत भएको होस् । सम्मानित र मर्यादित रोजगारीको सुनिश्चितता असिको दशकले बोक्न सकोस् ।

कृषि, उद्यम तथा नवप्रवर्तन

कृषि तथा उद्यम पेशा सबैभन्दा सम्मानको पेशा बनाउनु अपरिहार्य छ । आज पनि देशको कुल जनसंख्याको ६२ प्रतिशत नागरिक कृषि पेशामा आवद्य छन् । कृषि क्षेत्रमा पर्याप्त सिचाई सुविधा, मल, बिऊ, विमा, अनुदान प्रदान गर्दै उत्पादित वस्तु तथा सेवाको उचित मूल्य, बजार व्यवस्थापन, वितरणजस्ता समग्र पक्षहरूलाई प्रणालीगत प्रकृयाको सरलिकरण, प्रवद्र्धन गर्दै कृषि, तथा उद्यम विकासको दशक बनोस् । परम्परागत तथा घरेलु ज्ञान्, सिप र अनुभवलाई नवीन प्रविधिसँग जोड्दै इलम, उद्यम तथा नवप्रवर्तनलाई सबैभन्दा आकर्षकको पेशा तथा व्यवसायको रूपमा स्तरोन्नति भएको दशक बनोस् । कृषिलाई जीवन निर्वाह भन्दा पर व्यवसायिक र आर्थिक उपार्जनको सशक्त आकर्षक पेशाको रूपमा रूपान्तरण होस् । नेपालिहरूले बाहिर सिकेको सीप, ज्ञान्, अनुभव र दक्षतालाई अधिकतम प्रयोग गर्ने गरि देशको कृषि, उद्यम तथा नवप्रवर्तन क्षेत्रलाई सबैभन्दा आकर्षक पेशाको दशक बनोस् । सामुहिक खेती प्रवद्र्धन, बाझो जमिनको भुउपभोग नीति अवलम्बन गर्दै कृषिमा समग्र देश आत्मनिर्भर भएको दशक बनोस् ।

पर्यटन

नेपाल पर्यटन रोजाईका लागि सर्वाधिक आकर्षकको गन्तव्य रूपमा चिनिदैँ आएको छ । असिको दशकमा हाम्रो पर्यटन क्षेत्रमा पर्याप्त पुर्वाधारको विकास, सुरक्षित सहज पर्यटन यात्रा, गुणस्तरीय होटल, आवास र स्थानीय परम्परा तथा संस्कृतिसँग जोडेर भव्य, सव्य र पर्यटनमैत्री नेपाल बनोस् । पर्यटन व्यवसायलाई हाम्रो स्थानिय पहिचानसँग जोडि नविन रोजगारिका अवसर तथा विदेशी मुद्रा आर्जनका लागि पर्यटन क्षेत्रमा दिगोपना कायम रहोस् । नयाँ नयाँ पर्यटन क्षेत्रको पहिचान गरि आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पर्यटकीय क्षेत्रमा सरल, सहज, आरामदायी र सुन्दर अथिती सत्कारको संस्कार निर्माण होस् ।

दोस्रो क्षेत्र – आर्थिक अनुशासन, सार्वजनिक क्षेत्र व्यवस्थापन, सार्वजनिक वित्त व्यवस्थापन, दिगो विकास, जलवायु परिवर्तन तथा हरित उर्जा

आर्थिक अनुशासन

कुनै पनि देशको समृद्धिको पहिलो आधार भनेको आर्थिक अनुशासन हो । आर्थिक अनुशासनको परिधिभित्र रहेका देशहरूले आर्थिक विकास तथा आर्थिक वृद्धि मार्फत समृद्धिको लक्ष्य हासिल गरेका छन्। हामी जस्तो अति कम विकसित भएको राष्ट्रले आर्थिक अनुशासन तथा पारदर्शिताको पक्षलाई दृढतापुर्वक अवलम्बन गरि असिको दशक आर्थिक वृद्धि, आर्थिक बिकास, आशा, भरोसा र विश्वासको दशक बनोस् । कुनैपनी विकास र समृद्धिको पहिलो आधार आर्थिक बन्दोबस्त भएकोले नै उपलब्ध आर्थिक साधन स्रोतको विवेकपुर्ण परिचालन गर्ने परिपाटी बनोस् । आन्तरिक तथा बाह्र अर्थतन्त्रलाई सन्तुलनमा राख्दै समग्र मौद्रिक तथा वित्तीय क्षेत्रमा स्थायित्व कामय रहोस् ।

सार्वजनिक क्षेत्र व्यवस्थापन

नेपालमा सार्वजनिक क्षेत्रहरू एक किसिमले अस्तव्यस्त ढिलासुस्ती अवस्थामा छन् । जस्तो कि सार्वजनिक यातायात, मालपोत कार्यालय, अड्डा अदालत, राजस्व कार्यालय लगायत थुप्रै क्षेत्रहरूमा आर्थिक हिनामिना तथा अपचलनका घटनाहरु दिनहु घटिरहेका सुनिन्छन् तरपनि सम्बन्धित सरकारी निकायहरुले पर्याप्त नियन्त्रका कार्यहरु नगरेको जनगुनासो व्याप्त छ । हाम्रा बनेका कतिपय सार्वजनिक संरचनाहरु अहिले पनि नकाम अवस्थामा व्यवारिसे छन् । असिको दशकमा नागरिकहरुको आकाक्षांको प्राथमिकिकरण अनुसार

सार्वजनिक क्षेत्र

व्यवस्थित, सर्वसुलभ, पारदर्र्शी, सहज, सरल, मितव्ययी, गुणस्तरीयतामा सुनिश्चिता बनोस् । विकसित देशमा सार्वजनिक यातायात तथा थुप्रै सार्वजनिक सेवाहरूको गुणस्तरीयता तथा सहजता र प्रणालीगत प्रवद्र्धनमा ठूलो फट्को मारेका छन् । सार्वजनिक क्षेत्रमा आम भुइँ मान्छेहरू जोडिएका हुन्छन्। हाम्रो जस्तो गाउँ नै गाउँले भरिएको देशमा सामान्य बाटोघाटो, झोलुङ्गे पुल समेत सुविधायुक्त छैन् । बर्सेनि तुइनबाट आवतजावत गर्दा थुप्रै मान्छेले ज्यान गुमाईरहेका खबरहरु आउछन् । असिको दशक सार्वजनिक क्षेत्र आम भुइँ मान्छेहरुका जीवनसँग प्रत्यक्ष रुपमा जोडिन सकोस् ।

सार्वजनिक वित्त व्यवस्थापन

सार्वजनिक वित्त व्यवस्थापनको कौशलता नेपाल जस्तो अति कम विकासित मुलुकका लागि धेरै महत्वपूर्ण छ । देश बिकासका निम्ति आवश्यक पर्ने वित्तीय स्रोत साधनको जोहो, सोको परिचालन र व्यवस्थापनको सहि प्रयोग भयो भने मात्रै देशले विकासको गति पक्रिन सक्दछ । असिको दशक वित्दै गर्दा हाम्रो आयात तथा उपभोगमुखी राजस्वको स्रोतलाई आन्तरिक उत्पादन तथा औद्योगिकरणका चक्रहरूमा प्रवेश गरि वित्तीय स्रोतको दरिला, भरपर्दो र दिगो वित्त व्यवस्थापनका लागि स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको बाटो यो दशकले समात्न सकोस् । हाम्रो जस्तो अति कम विकसित देशलाई आन्तरिक साधन स्रोतले नधान्ने भएकोले देशको सर्वोत्तम हितलाई प्रधानता दिई मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ, संस्था र नियोगहरूसँग सौहार्दपुर्ण मझबुत आर्थिक तथा व्यवसायिक कुटनैतिक सम्बन्ध मार्फत बढिभन्दा बढी मौद्रिक तथा गैर मौद्रिक र प्राविधिक लगानी सहायता जस्ता कार्यहरुको अधिक प्रयासको दशक बनोस् ।

दिगो विकास

विकास केवल भौतिक संरचनाको निर्माण मात्रै कदापी होइन, विकास त्यो हो जसले समाजमा सकारात्मक परिवर्तन ल्याउदछ र आम मानिसको जीवन स्तरलाई सम्मानित रूपमा जिउन सक्ने सामथ्र्य दिन्छ । दीर्घकालीन सोच तथा योजना अनुरूप आवधिक योजना, आवधिक योजना अनुरूप मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने र मध्यमकालीन खर्च संरचनाअनुरूप वार्षिक विकास कार्यक्रम तर्जुमा गर्नु आजको दशकको अपरिहार्यता हो । वार्षिक योजना कार्यक्रमले बजेट कार्यान्वयन तथा तिनको निरन्तर प्रभावकारि सञ्चालन, व्यवस्थापन, अनुगमन र मुल्याङ्कबाट निर्दिष्ट अपेक्षित लक्ष्यहरु हासिल गर्न सहयोग पुग्दछ । दिगो विकासको खाका तथा योजना तर्जुमा गर्दा कम्तिमा पनि ५०/१०० वर्ष सम्मका लागि भोतिक संरचनाहरुको अवधारणको दशक बनोस् । दिगो विकासका उद्देश्य तथा लक्ष्य प्राप्त गर्न मानवीय न्युनतम आधारभूत आवश्यकता र आकाङ्क्षासँग एकाकार भई आर्थिक विकास, सम्मुनत तथा समृद्धिको दशक बनोस् ।

जलवायु परिवर्तन तथा हरित उर्जा

२१औं शताब्दिमा विश्वभर जलवायु परिवर्तन प्रथम तथा प्रमुख उदयिमान समस्याको रुपमा आएको छ । मुख्यत हिमालय पर्वतमालाहरु हिँउ विहिन सुख्खा खण्डहरमा परिणत हुदैँ गईरहोका छन् । आज जलवायु परिवर्तन विकराल समस्याका रूपमा दर्ज छ । जलवायु परिवर्तनको मारले अति कम आय स्तर भएका तथा हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले ठूलो क्षती व्यहोरिरहेका छन् । यसको प्रत्यक्ष मार नेपालले सबैभन्दा बढि खेपिरहेको छ । हिऊँले ढाकेका हिमालहरू रित्तिदै जानु, पानिका मुल सुक्ने, सुख्खा पना बढ्दै जानू, अधिक कार्बन उत्सर्जन, प्राकृतिक विपत्ति, प्रकोप र बाढि पहिरो जस्ता घटनाहरु दिनानुदिन बढ्दो क्रममा छन् । हिमालयहरूको संरक्षण गर्नका लागि नेपाले अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज बुलन्द गरिरहनु पर्नेछ । असिको दशकसँगसँगै जलवायु परिवर्तनबाट परेको प्रभावलाई कम गर्दै हरित व्यवसायिक उत्पादन, उपभोग, वितरण तथा सफा उर्जाका क्षेत्रमा अधिक वातावरणमैत्रि व्यवसायिक लगानि प्रवद्र्धन गर्दै हरित अर्थतन्त्रको दशक बनोस् ।

तेस्रो क्षेत्र – प्रवृत्ति, पद्धति, प्रणाली, प्रविधि,  कानुनी शासन, राजनीति, राष्ट्रियता, विदेश नीति,सामाजिक सुरक्षा तथा न्याय

प्रवृत्ति, पद्धति, प्रणाली

हाम्रो आम प्रवृत्ति बेहिसाबले चलिराखेको छ ।  खासमा भन्नू पर्दा प्रवृत्ति, पद्धति र प्रणालीको सुधार तथा सञ्चालनमा हामी पुरापुर कम्जोर बन्दै गएका छौँ । अहिलेको प्रवृत्ति यस्तो सम्म छ कि हर मान्छे सकारात्मक भन्दा पनि नकारात्मकता तिर बढी ढल्केको छ । परिणाममा भन्दा पनि ब्ततभलतष्यल क्भभपष्लन वा स्टन्टबाजमा नेपाली समाज रूमल्लिरहेको छ । सत्यलाई बुलन्दित गर्नु भन्दा पनि विक्ने के भन्नेमा हामि पस्दै गईरहेका छौँ । आशा, अपेक्षा र भरोसाका बाटाहरू सबै अन्योलताको अवस्थामा  छन् । कार्यशैली, कार्यव्यबहार र जवाफदेहितामा पद्धति र प्रणालीसँग एकाकार हुन सकेका छैंनौँ । समग्रमा हाम्रा व्यक्तिगत, सामुहिक तथा संस्थागत आचरणहरू, कार्यगत व्यबहारहरूमा व्यापक सुधार र परिमार्जन गर्दै असिको दशक सुहाउँदो संस्कार, पद्धति र प्रणाली अवलम्वन गरियोस् जस्तो कि सबै समयमा प्रणालीले काम गर्छ भन्ने भनाईसँग चरितार्थ होस् ।

प्रविधि

आजको युगलाई प्रविधिले नेतृत्व गरिरहेको छ । जुन देशले नवीन प्रविधिको प्रयोग, सञ्चालन, व्यवस्थापन प्रवद्र्धन र लगानी गर्छ उही देशले नै विकास तथा समृद्धिमा प्रगती गर्ने हो । तसर्थ असिको दशक ढल्कदै गर्दा हाम्रा सार्वजनिक, निजि, साझेदारी, आर्थिक तथा मौद्रिक र राजस्व लगाय समग्र क्षेत्रहरूमा पुर्ण डिजिटाइजेसन गर्ने दशक बनोस् । प्रविधिको प्रयोगले लागत, समय, पारदर्शिता र वातावरणमा सकारात्मक भुमिका निर्वाह गर्दछ । प्रविधिको प्रयोग सँगसँगै विभिन्न प्रकारका जोखिमहरु सिर्जना हुने हुनाले सम्भावित जोखिम व्यवस्थापन र नियन्त्रका कामहरु गर्नु पनि उत्तिकै आवश्यक छ ।

कानुनी शासन

देशको शासकिय ढाँचा अनुरुप राज्य सञ्चालन, व्यवस्थापन र शक्ति सन्तुलनका लागि कानुनी शासन अपरिहार्य मानिन्छ । कानुनको अक्षरस अनुपालना तथा समान कानुनी व्यबहार नै विकास, समृद्धि र शान्ती अमनचयनको मुल आधार हो । कानुन सबैका लागि बराबरी हो भन्ने सिद्धान्तलाई व्यबहारमा लागू गर्नु हामि सबैको उत्तिकै जिम्मेवारि र दायित्व हो । अरू संयन्त्रको जति कम्जोर उपस्थिति छ हाम्रो न्याय निरुपण प्रणालीको कार्यसम्पादन प्रकृयामा ढिलासुस्तिको अवस्था आज पनि विद्यमान छ । न्यायीक फैसलामा हुने ढिलासुस्ति, फेरबदल तथा न्यायीक कार्यसम्पादन प्रक्रियामा हुने सबै राजनीतिक तथा लेनदेनको हस्तक्षेपबाट मुक्त भइ असिको दशकमा न्यायिक सिद्धान्तको मुल मर्म, धर्म र मान्यता अनुसार हाम्रो सुदृढ न्याय प्रणाली तथा सबल र सक्षम कानुनी शासन स्थापित होस् ।

राजनीति

सबै नीतिको मुल नीति राजनीति भएकाले यो सबैभन्दा अब्बल, संस्कारयुक्त, विचारमा जीवन, आदर्शयुक्त, आड भरोसायुक्त र  सुदुर सुन्दर भविष्ययुक्त हुन सकोस् । राजनीति चाहिन्छ तर सबैतिर चाहिदैँन भन्ने ज्ञान् राजनीतिक दल, नेता तथा कार्यकर्ता सबैमा सुसूचित होस् । जब देशमा राजनीति सङ्लो हुदैँन अनि  नीतिगत अस्थिरता, भ्रष्टाचार, व्यापक निरासा, अन्योलता र सबैतिर असहज परिस्थिति निर्माण हुन जान्छ परिणामस्वरुप देश तन्नम अवस्थामा नै रुमल्लिरहेको हुन्छ । नेपालमा बनेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले, मन्त्रीहरूले, सत्तारूढ दलका नेता तथा कार्यकर्ताहरूले प्रत्येक दिन एक पटक सरकार टिक्छ भन्नुपर्ने अवस्था नेपाली राजनीतिमा अहिलेसम्म विद्यमान छ। समयसापेक्ष राजनीति, राजनीतिक संस्कार र प्रवृतिमा व्यापक सुधार सहितको परिमार्जित आवश्यकता यो दशकको हो । राजनीतिक भाषामा भन्ने हो भने हाम्रो राजनीति मुलतः मनि म्याटर्स, प्याट्रनेज पोलिटिक्स र डग लोयल्टीमा फसेको छ । असिको दशकमा सबै राजनीतिक कर्मिहरु यस्ता आलोच्य कुराहरूबाट माथि उठेको होस् । देशको राजनीति जमीन, जीवन र भुइ मान्छेका अभिलाषासँग जोडिएको होस् । देशको समग्र क्षेत्रलाई राजनीतिले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । देश तथा समाजलाई परिवर्तन, विकास र समृद्धिकोे प्रक्रियामा जोड्ने कार्य राजनीतिले गरेको हुन्छ । जुन समाज वा देशका मानिसको शैक्षिक विकास अवस्था कमजोर हुन्छ, त्यहाँको राजनीति पनि पिछडिएको र गएगुज्रेको हुन्छ । किताब पढ्दैमा व्यक्ति शिक्षित हुँदैन । उसँग चेतना हुनुपर्छ, विवेक हुनुपर्छ । नेपाली समाजमा जुन किसिमको शिक्षा विकास छ, राजनीतिक संस्कार पनि त्यस्तै खालको छ । राजनीतिक चेतना फैलाउन शिक्षा प्रभावकारी हुनुपर्छ । शिक्षाले राजनीतिलाई नयाँ परिपाटी विकास गर्न, राजनीतिलाई सफा बनाउन र राजनीतिक संस्कार विकास गर्न सघाँउछ । यो दशकको उत्तरार्धमा राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र निरासाको आहालबाट यो देश माथी उठोस् ।

राष्ट्रियता तथा विदेश नीति

राष्ट्रियता केवल भुगोल मात्र होईन । विपिले एक ठाँउमा भनृका छन् राष्ट्रियताको कुनै सिमा नै हुँदैन यो त मानिसको भावनामा समेटिएको हुन्छ, चाहे त्यो देश भित्र होस् या सुदुर समुन्द्र पारिको देश । जो जहाँ भएपनी नेपाल देशको कल्याणका निम्ति सबैले सक्दो असल कर्म गर्ने र समान आकाङ्क्षाको, सपनाको भावनाको एकीकृत स्वरूप नै राष्ट्रियता हो । विविधताको सम्मान, सहअस्तित्वको स्वीकार, समान पहुँचले राष्ट्रियताको अभिवृद्धि तथा सुदृढीकरण गर्दछ । विदेश नीतिमा हाम्रो समान र स्थिर धारणा कामय राख्न सकियोस् । असिको दशकले विदेश नीतिमा देशको सर्वोत्कृष्ट हित अनुकुल छिमेकी तथा अरू मित्र राष्ट्रहरूसँग आर्थिक, सामाजिक साँस्कृतिक, प्रविधि, वातावरणिय तथा नवप्रवर्तन क्षेत्रमा सौहार्द र विश्वासनिय कुटनैतिक सम्बन्ध कायम गर्दै देश भित्र लगानी, पर्यटन, प्रविधि लगायतका पक्षहरूको प्रवद्र्धन भएको दशक बनोस् ।

सामाजिक सुरक्षा तथा न्याय

सामाजिक सुरक्षा तथा न्याय हाम्रो जस्तो विविधता भएको समाजमा बढी सान्दर्भिक छ । दबिएका, पछाडि परेका, कम्जोर आर्थिक हैसियत भएका, एकल व्यक्ति, विपन्न, लोपोन्मुख, राज्यको सेवा, सुविधा र अवसरबाट बञ्चितिकरणमा परेकाहरूको उत्थान, उन्नयन, संरक्षण र प्रवद्र्धन गर्दै राज्यका संयन्त्रहरूमा सहभागिता भएको होस् । सामाजिक न्याय सम्पादन प्राथमिकताका आधारमा शिघ्र, सरल, सहज पहुँच सबैको समान होस् । न्यायीक हकको उपेक्षामा कोहि पनि नपरून ।

अन्त्यमा, असिको दशकबाट नब्बेको दशकमा टिक्दै गर्दा यो देश सपनाको, आशाको, अपेक्षाको र भरोसाको देश बनोस् । सहअस्तित्व, सहकार्य, सहयोग, समन्वय, सदाचार, समभाव, समानता, सामुहिकता, जनताको सहभागिता तथा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको चक्षुबाट चलेको होस् । यो देश हाम्रो हो हामिले बनाउनु पर्छ, यो जिम्मेवारी हाम्रो काँधमा छ भन्ने सकारात्मक भावाना सबैमा जागृत भएको होस् । हरेक मान्छे असल, अनुशासित, उच्च नैतिक मुल्य, मान्यता, चरित्रवान् तथा आदर्शको प्रेरितले ढाकिएको होस् । हरेकले गर्ने कर्ममा इमानदारीता, लगनशिलता, कर्तव्यबोध र जवाफदेहीताको संस्कार निर्माण भएको होस् । अहंकार, अज्ञानता, अहमता र घमण्डको तापबाट नम्रता, शिष्टता, उदारता, शालीनता र धैर्यताका मणिहरूले घेरिएको होस् । व्यक्तिगत हितको लागि मात्र नभएर सामुहिक कल्याणका लागि आफ्नो कर्म, विवेक र चेतनाका पाइलाहारू अघि सरिरहुन ।

देश विकासको मुल आधार भनेको मानव जनशक्ति नै हो । हाम्रा विचारहरू, कर्महरू, चेतता, ज्ञान्, दृढसंकल्प, अनुशासन, इमानदारीता, शिक्षा र सकारात्मक आकाङ्क्षाको सामुहिक एकताको आधार नै देशको बिकास तथा समृद्धिको आधार हो । असिको दशक समग्रमा जमिन, जीवन र जिजिविषासँग जोडिन सकोस् । हामि जो जहाँ जहाँ छौँ, जुन जुन ओहदामा, पेशामा छौँ वा जहाँसुकै भएपनि हामिले सम्पादन गर्ने कर्ममा इमान्दारीता, जवाफदेहीता र कर्तव्यबोधबाट आगनमा प्रयत्नशील रह्यौ भने असिको दशक पक्कै पनि हाम्रा लागि सुन्दर सुदुर भविष्यको आशा, अपेक्षा र भरोसाको दशक बन्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस