कश्मीर घटनाप्रति विद्यार्थीको विरोध

काठमाडौं । भारतको कश्मीरमा भएको आक्रमणप्रति देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विरोध जनाएका छन् ।
सोमबार लमहीमा शान्तिपूर्ण र्यालीमार्फत घटनामा परी ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेलगायत अन्य पीडितप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्ववियु सभापति मिलन चौधरीको नेतृत्वमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।
घटनाले नेपाली समुदायलाई समेत मर्माहत बनाएको उल्लेख गर्दै शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले थप सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका थिए ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
जेन–जी आन्दोलनमा क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि कोषमा ६ करोड १० लाख सङ्कलन
३ कार्तिक २०८२ १३:०४