डोटीको जोरायलमा मिनिट्रक दुर्घटना, तीन जनाको मृत्यु

धनगढी, १० बैशाख ।
धनगढी बाट बझाङजादै गरेको मिनिट्रक आज बिहान डोटीको जोरायलमा दुर्घटना हुदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका १ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।
धनगढीबाट बझाङतर्फ जादै गरेको सु.प.प्र.०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक बझाङ जिल्ला बुङ्गल नगरपालिका–२ दहबगरका अन्दाजी ३२ बर्षीय अर्जुन धामी, ४२ वर्षीय उज्जल जाग्री र ४१ वर्षीय जगत धामी रहेका छन्।
खाद्यान्न लिएर बझाङ गइरहेको मिनीट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।