कीर्तिपुरमा मात्रै होइन, त्यस्ता थुप्रै डाँडामा दुई–चार लाख कमाउन सकिन्छः गगन थापा

द एभरेष्ट पोष्ट
२२ चैत २०८१ १७:४५
कीर्तिपुरमा मात्रै होइन, त्यस्ता थुप्रै डाँडामा दुई–चार लाख कमाउन सकिन्छः गगन थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको एक दशक आईटीको निर्यातलाई पाँचगुणा बनाउने र तलब तीनगुणा बढाउने विषयमा बहस गर्नुपर्ने बताएका छन् ।

कीर्तिपुरको डाँडामा बसेर, हातमा ल्यापटप राखेर महिनाको दुई लाख, तीन लाख, चार लाख यही डाँडामा बसेर आम्दानी गर्ने पनि छन् भन्ने मानक स्थापना गर्न सकिने अभिव्यक्ति दिएपछि ट्रोल बनेका उनले सोही अभिव्यक्ति दृढतापूर्वक दोहोर्‍याएका छन् ।

शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा महामन्त्री थापाले आईटीको पूर्वाधार बढाउने विषयमा बहस गरिनुपर्ने बताए । उनले अबको ८–१० वर्षभित्र कीर्तिपुरको डाँडामात्रै नभई अन्य ठाउँमा पनि दुई–चार लाख रुपैयाँ कमाउन सक्ने स्थिति बनाउन सकिने बताए ।

‘मलाई फेरि पनि विश्वास छ, कीर्तिपुरको डाँडामात्रै होइन, त्यस्ता थुप्रै डाँडामा साथीहरूले दुई–चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ, त्यो पोटेन्सियल हामीसँग छ,’ थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Sexuality education is quietly ignored in Kailali schools

१७ असार २०८२ १३:२१

खोज्नुहोस