ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने
बेइजिङ, ४ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।
गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएको हो ।
ट्रम्पले सपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी ट्रम्पको सङ्क्रमणकालीन टोलीले गराएको थियो । रासस
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री, गर्नेछन् संसदमा हुने सबै कुराको रेकर्ड
११ कार्तिक २०८२ १५:३३
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
