युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सहर डिनिप्रोमा बिहीबार बिहान भएको हमला युक्रेनी आक्रमणको जवाफ भएको बताएका छन् । यससँगै पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशलाई सीधा चेतावनी समेत दिएका छन् ।
पुटिनले भने, ‘युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएको लामो दुरीका हतियार र मिसाइलले रुसी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको थियो । बिहीबार डिनिप्रोमा भएको रुसी आक्रमण त्यसको प्रतिक्रिया थियो ।’
‘रुसले त्यस्ता उद्देश्यका लागि आफ्नो हतियार प्रयोग गर्न अनुमति दिने देशहरूको सैन्य आधार शिविरमा पनि आक्रमण गर्न सक्छ ।’ अझ अगाडि चेतावनीको स्वरमा पुटिनले भने । डिनिप्रोमा गरिएको आक्रमणको बारेमा जानकारी दिँदै पुटिनले भने– ‘यो आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ओराश्निक हो ।