युक्रेनद्धारा लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार

द एभरेष्ट पोष्ट
५ मंसिर २०८१ ३:४६
युक्रेनद्धारा लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार

अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइलबाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गरेको छ ।

अमेरिकाले यसअघि अनुमती नदिदा युक्रेनले अमेरिकाबाट पाएको लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गर्न पाएको   थिएन । आफ्नो भूमिको रक्षाका लागि उक्त मिसाईल प्रयोग गर्न पाउने बाध्यकारी सम्झौतामा अमेरिकासंग बाधिएको युक्रेनले पहिलो पटक यो मिसाईल रुसी भूमिमाथि प्रहार गरेको हो ।

युक्रेनले मंगलबार रुसको सीमावर्ती ब्रियान्स्क क्षेत्रमा ‘एटीएसीएमएस’ मिसाइलबाट आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनले प्रहार गरेका ६ वटा मिसाइलहरुमध्ये ५ वटालाई आकाशमै ध्वस्त बनाएको पनि मन्त्रालयले जनाएको छ । तर त्यसका केही टुक्रा खस्दा एक सैन्य अड्डामा आगलागी भएको थियो । यद्यपि आगो तत्काल निभाइएकाले ठूलो क्षति नभएको रुसी अधिकारीहरुको भनाइ छ ।

रुससँग युद्ध सुरु भएको एक हजारौं दिनमा युक्रेनबाट पहिलोपटक लामो दुरीको हमला भएको हो । रुसले २४ फेब्रुअरी सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

युक्रेनको यो आक्रमणबाट रुस क्रुद्ध भएको छ । त्यसैले युद्ध अझै भयावह बन्नसक्ने चिन्ता छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दुरीको आक्रमणको अनुमति दिएलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको परमाणु नीति संशोधनमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस