अमेरिकामा राष्ट्रपतिका लागि मतदान शुरु

द एभरेष्ट पोष्ट
२० कार्तिक २०८१ १३:५६
अमेरिकामा राष्ट्रपतिका लागि मतदान शुरु

न्यूयोर्क, ५ नोभेम्बर ।
अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि आज मंगलवार मतदान शुरु भएको छ । बिहान ६ बजेदेखि शुरु भएको मतदान साँझ ८ बजेसम्म जारी रहनेछ ।

अमेरिकाका कूल ५३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २७० इलेक्ट्रोल आवश्यक छ । ३३३ मिलियन जनसंख्या र २४४ मिलियन योग्यदाता रहेको अमेरिकामा निर्बाचन अघि नै सात करोड ८० लाख मतदाताले अर्लि भोटिङ(निर्बाचन अघि नै मतदान) गरिसकेका छन् ।

राष्ट्रपति पदमा निर्बाचित हुन स्वीङ्ग राज्यका केही लाख मतदाता निर्णायक छन् ।

अमेरिकाका ८ वटा युद्धभूमि राज्य, जसलाई स्वीङ्ग राज्यका चिनिन्छ । ती राज्यहरु, पेन्सेलभेनिया, मिसिगन, विक्सकान्सन, नेभादा, जर्जिया, एरिजोना, नर्थ क्यारोलिना, नेब्रास्काको नतिजाले जित हारको टुंगो लगाउनेछ । यतिबेला ट्रम्प र ह्यारिसको ध्यान यिनै राज्यमा केन्द्रित छ । हुन्, पनि यी राज्यहरुमा दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस