बेरुतमा इजरायली हवाई आक्रमण, पाँचजनाको मृत्यु
काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । हिजबुल्लाहविरुद्ध इजरायली सेनाको कारबाहीमा परी पाँचजनाको मृत्यु भएको हो
आक्रमण जारी रहेको बीबीसीले जनाएको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ ।
लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको छ । यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ । यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।
५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा रहेको बताइएको छ । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए ।
ट्रेन्डिङ
सम्बन्धित
एकै दिनमा २९ अर्ब डलर गुमाएपछि अर्बपतिहरूको सूचीमा दुई स्थान तल झरे मार्क जुकरबर्ग
१६ कार्तिक २०८२ १५:२७
८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री, गर्नेछन् संसदमा हुने सबै कुराको रेकर्ड
११ कार्तिक २०८२ १५:३३
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
