विराटनगरले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने

द एभरेष्ट पोष्ट
२४ मंसिर २०८२ १५:५६
विराटनगरले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो क्वालिफायर खेलमा विराटनगरले टस जितेको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।

यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायर खेल्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस