पोखरा विमानस्थलको भ्रष्टाचारकाण्डमा तत्कालीन पाँच पूर्वमन्त्रीविरुद्ध मुद्दा चलाउने निर्णय
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियार स्रोतले जानकारी दियो । अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।
उक्त मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा छ । अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्याएको हो ।
तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।
बोगटीको निधन भइसकेको छ । उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।
